बाँके साउन २५ गते ।
कोरोना संक्रमण र फैलावट लाई रोक्न को लागि बाँकेको कोहलपुर नगरपालिका अन्तरगतका शाखा/उपशाखाबाट प्रदान हुने सेवाहरु निषेधाज्ञा जारी रहेसम्म बन्द हुने नगरपालिकाले सूचना जारी गर्दै जनाकारी गराएको छ।
जिल्लामा कोभिड–१९ को संक्रमणको गति र फैलावटलाई न्युनिकरण गर्न नगरपालिका, नगरपालिका अन्तरगतका शाखा/उपशाखाहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने सूचनामा उल्लेख गरिएको छ । यि कार्यालयहरुबाट नियमित प्रवाह हुने सेवाहरु मंगलबार राती १२ बजेसम्मको लागि बन्द गरिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालद्धारा हस्ताक्षेरित सूचनामा लेखिएको छ ।
साउन २७ गतेसम्म बन्द गर्ने निर्णय गरिएको पौड्यालले बताए । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार जारी गरेको सूचना बमोजिम साउन २७ गते मंगलबार राती १२ बजेसम्म जिल्ला भर निषेधाज्ञा कायम गरेको छ ।
Discussion about this post