बाँके साउन २६ गते ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका अछामका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अछाम चौरपाटी–५ का ५० बर्षीय ती पुरुष गएको साउन २० गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए ।
उनी दम, टिवी निमोनिया लगायतको समस्याबाट ग्रसित रहेको मेडिकल कलेजका उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिनुभयो । उपचारका क्रममा आइतवार साँझ साढे सात बजे मृत्यु भएका उनको सोमवार आएको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको होे ।
योसँगै मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा चारजना संक्रमितको मृत्यु भएको छ । ती मध्ये दुईजना बाँकेका र एकजना कैलालीका हुन् ।
Discussion about this post