बाँके साउन २७ गते ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि बाँकेमा जारी निषेधाज्ञालाई थप लम्ब्याउने निर्णय स्थानीय प्रशासनले गरेको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलवार बसेको बैठकले बाँकेमा जारी निषेधाज्ञालाई थप तीन दिन लम्ब्याउँदै साउन ३० गतेसम्म पुर्याएको हो ।
जिल्लामा गएको साउन १७ गतेरातीदेखि सुरु गरिएको निषेधाज्ञा पटकपटक थप गरेर ३० गतेसम्म पुर्याइएको छ । जोखिम अझै कायमै रहेकाले निषेधाज्ञा कायमै राख्ने निर्णय भएको केन्द्रका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।यस्तै नेपालगन्जमा तीन दिन अघि जारी गरिएको ‘एरिया सील’ भने हटाइएको छ ।
शनिवारराती १२ बजे सुर्खेतरोड पूर्वको क्षेत्रलाई चार किल्ला कायम गरी सील गरिएको थियो । भोलीदेखि लागु हुने गरी सील हट्ने प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञाको पालना गरेर सबैले सतर्कता अपनाए कोरोना सङ्ग सहजै लढ्न सकिने समेत बताउनुभयो ।
Discussion about this post