बैतडी साउन २९ गते ।
स्क्रब टाइफसबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पूजा जोशीको स्क्रब टाइफसबाट मृत्यु भएको हो ।
पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो। स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पु¥याइएको थियो ।
त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताउनुभयो ।
Discussion about this post