विराटनगर साउन ३० गते ।
कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गम्भिर अवस्थामा अस्पतालमा भर्ना भएका सिराह विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । उनको गएराती मृत्यु भएको हो ।
बिहीबार कोशी अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको डाक्टर दासले बताउनुभयो । योसँगै मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । ९ मध्ये ६ जनाको कोशी अस्पतालमै मृत्यु भएको हो ।
Discussion about this post