बाँके साउन ३० गते ।
स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने नेपालगन्जका ७७ वटा पसल तथा व्यवसायी कारवाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले दुईवटा टोली बनाएर अनुगमनमा खटाएको छ । सामाजिक दुरी पालना नगर्ने, मास्कको प्रयोग नगरी कारोवार गर्ने व्यवसायीलाई कारवाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार, शुक्रबार ७७ वटा पसल तथा व्यवसायीलाई जनही सय रुपैयाँका दरले जरिमाना गरिएको छ । बाँकेमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै गएको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले नेपालगन्जमा झन संक्रमितको संख्या बढ्दै गएकाले उच्च सावधानी अपनाउनुको साटो लापरवाही गर्ने क्रम बढेकाले प्रशासनले कडाइ गरेको बताउनुभयो ।
गएको साउन १७ गतेदेखि लागु गरिएको निषेधाज्ञा शनिवारदेखि हटाइएको भएपनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने थप कडाइ गरेर लैजाने उहाँले बताउनुभयो । बाँकेमा शनिवारदेखि निषेधाज्ञा हटाइएको छ ।
Discussion about this post