बर्दिया साउन ३० गते ।
बर्दियाको राजापुर बजार नजिकै रहेको कर्णाली नदीको तटबन्ध भत्किएको छ । बजारदेखि करीब एक किलोमिटर पश्चिम रहेको नदीको तटबन्ध भत्किँदा तीन हजार घरपरिवार जोखिममा परेका छन् ।
पानी जुनसुकै बेला बस्तीमा पस्नसक्ने भएकाले राजापुर नगरपालिका वडा नं. ३, ४ र ७ का बासिन्दालाई उच्च सावधानी अपनाउन बर्दिया प्रशासनले आग्रह गरेको छ ।
जल सतह बढ्दै गए बस्तीमा पानी पस्नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको बताए । उनले स्थायी तटबन्धका लागि कर्णाली नदी व्यवस्थापन आयोजनासँग समन्वय भइरहेको जानकारी दिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post