बाँके भदौ २ गते ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
बर्दिया मधुवन नगरपालिका वडा नं. ९ का ७८ वर्षिय पुरुषको उपचारको क्रममा आज मंगलबार बिहान ७:३० बजे मृत्यु भएको थियो । उनको सोमबार परिक्षणकालागि श्वाव संकलन गरिएको थियो र रिपोर्ट पनि सोमबार नै पोजिटिभ आएको थियो ।
उनी भदौ १ गते अस्पतालमा भर्ना भएका थिए । अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार उनी निमोनिया र मधुमेहका रोगी थिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post