शमशाद आदिल
काठमाडौं भदौ ४ गते ।
नेपाल र नेपालीहरूको वर्षको अन्तिम महिना चैत्र आँगनमा प्रवेश हुदै थियो। सबै नागरिक आफ्नो वार्षिक कामकाजको मूल्यांकन गर्दै थिए । हरेक तह तपका का व्यक्तिहरुले आफ्नो नया नया लक्ष्य पनि बनाउदै थिए।
योजनाहरूले पूर्णतः पाउने शिखरमा पुग्दैगर्दा विश्वभर फैलिएको महामारी कोरोनाका कारण संसार नै ट्राफिक जाम मा फस्यो। प्रकृतिको सुन्दरता नै मानव मानव बीच भेटघाट हुने कार्य रोकियो । समयको पांग्रा नै स्थिर भए जस्तै भयो। त्रासको खेती हुन थाल्यो ।
संसारका हरेक मानव भित्र जीवनको हरेक पलमा एउटा नया नया सपनाहरू थपिदै जाने प्रवृत्ति हुन्छ । उसले आफ्नो हैसियत शक्ति र क्षमताको प्रयोग गर्दै सपनाको गनतब्यमा पुग्ने सँघर्ष गरि रहन्छ।
कोभीड़ १९ लकड़ाऊन का धेरै स्रोत बाट बंचित हुने भएकोले मानिसहरूको अनेकौँ सपना हाथको मैला जस्तै भए। मानिसहरूको सपना जसरी भए कोरोना बाट मुक्ति पाउने गरि मास्क सेनिटाइजर समाजिक दूरी र दुई छाकमा सीमित भयो ।
संसारको साढ़े आठ खर्ब व्यापार ठप्प भयो। ११४ देशका सरकारले विद्यालय बन्द गर्ने घोषणा गरे । एक अर्ब भन्दा बढ़ी विद्यार्थीहरूको अध्ययनमा प्रत्यक्ष असर पुग्यो ।करिब१७ सय जनाले नेपालमा मात्र आत्महत्या गरेका छन ।बैदेशिक रोजगारमा जाने यन्त्र नै बन्द भयो ।
विद्यार्थीहरूको कक्षा बढ़ने सपना टुटयो। औद्योगिक कलकारखानाहरू बन्द भए। दिनभरी मेहनत मजदूरी गरि दिनचर्या चलाउनेहरूको फुटपाथका कारोबार बन्द भए ।
धार्मिक स्थलहरू बन्द भयो।इस्लाम धर्मावलम्बीहरूको वर्षमा एक विशेष दिन साऊदी को मक्का गएर मनाइने हज यात्राको सपना विपना भयो ।
कतिपय युवाहरुको विवाह भएन। नया जीवन साथी पाउने जीवनको उत्कृष्ट अवसर बाट बंचित भए। गर्भवती रहेकि आमाहरुले उचित मेडिकल सेवा न पाउँदा बच्चा पाउने खुशी जीवनभरिको लागि दुःखद क्षणमा मस्तिष्कमा ठाउँ बनायो ।
शिक्षा देखि सँस्कृति सम्म व्यापारिक तथा राजनैतिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लक्ष्यडाउन भयो ।नेपाल सरकार र नेपाली हरूको भीजिट नेपाल २०२० को योजना अनुसार विदेशी पर्यटक भित्रियाउने महत्वपूर्ण ऐतिहासिक लक्ष्यमा परिवर्तन भयो ।
नया आर्थिक वर्षको बजेटको स्वरूपमा फेरबदल भयो । भौतिक पूर्वाधार बाटो घाटो पुल निर्माणहरूको लक्ष्य विवश भएर कागजमा मात्र सीमित भए। स्थानीय निकायको बजेट विनियोजन नै महामारीको शिकार भएर लक्ष्यडाउनमा परिणत भए ।
Discussion about this post