ताहिर शेषराई (साहिल)
बाँके भदौ ६ गते ।
कोभिड – १९ को उच्च जोखिम बढ्दै गएपछि नेपालगन्ज उपमहानगर नगरपालिका सदरलाईन स्थित नगर भवन क्षेत्रमा सर्वसाधारणलाई शनिबार माक्स वितरण कार्यक्रम गरेको छ ।
नेपालगन्ज उपमहानगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य बिबेक वाजपेई र समाजसेवी अनिल कुमार श्रेष्ठको संयोजकत्वमा करीब ४ सय पच्चास माक्स बितरण गरेको हो ।
सो कार्यक्रममा सर्वसाधारणलाई माक्स लगाउन र सामाजिक दुरी कायम गर्न नगरभवन अस्थायी प्रहरी पोष्टका प्रहरी नायव निरक्षक धन बहादुर थापाले आग्रह समेत गरेका थिए ।
Discussion about this post