सरला सुबेदी
बाँके भदौ १० गते ।
बाँकेमा थप एक जना कोरोना संक्रमण देखिएका विरामिको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १ का ३७ वर्षिय पुरुषको मृत्यु भएको हो । विरामिको दुवै फोक्सोमा निमोनिया भएको नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालले जनाएको छ ।
यो सगै बाँके जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुने संख्या ५ पुगेको छ । आज विहान १ बजेर ३० मिनेटमा मृत्यु भएको विरामिलाई ८ गते विहान १० बजे भर्ना गरीएको थियो । विरामिलाइृ कोारेना संक्रमणको ८ गते विहान ११ बजे नै परिक्षण गराएपछि हिजो दिउँसो ३ बजे रिर्पोट पोजेटिभ पुष्टी भएको थियो ।
विरामिको स्वास्थ्य अवस्था विग्रदै गरेपछि नेपालगन्ज मेडिकल कलेज बाट हिजो नै शिक्षण अस्पताल कोहलपुरमा भेन्टिलेटर सहितको उपचारका लागी सारेर उपचार गरिएको थियो । उपचारमा कुनै सुधार नआएपछि आज विहान १ मृत्यु भएको अस्पतालले जनाएको छ ।
बाँकेमा हाल कोरोना संक्रमितको संख्या ८ सय ३५ पुगेको छ भने डिस्चार्ज हुनेको सँख्या ६ सय ५४ पुगेको छ । जसमध्ये, ५ जनाको मृत्यु भइसकेको छ भने २ सय ३ जना विभिन्न आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
Discussion about this post