बाँके भदौ १० गते ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले थप सय वेडको कोरोना डेलिकेडेट वार्ड सन्चालन गर्ने भएको छ । अस्पतालका सहयाक निर्देशक डा। नितेशकुमार कनोडिया र उपनिर्देशक डा. दिनेश श्रेष्ठद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा भनिएको छ–‘पछिल्ला दिनहरुमा लक्षण भएका बिरामीहरुको संख्या बढ्दै गएका कारण कोरोना संक्रमितहरुको उपचार थप जटिल बन्दै गएको छ ।
यस्तो अवस्थामा समयमा उपचार नै नपाएर संक्रमित बिरामीहरुको मृत्यु हुन सक्ने अबस्था आउन नदिन थप सय बेडको कोरोना डेडिकेटेड वार्ड सन्चालन गर्न लागिरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ ।’
ती सबै वेडमा २४ घन्टा सहज रुपमा अक्सिजन सप्लाई उपलब्ध हुने अस्पतालले स्पष्ट पारेको छ ।
अस्पतालले अहिले शंकास्पद विरामीको लागि आइसीयुसहित ५० वेड क्षतमाको वार्ड सन्चालनमा गरिरहेको छ । शिक्षण अस्पताल कोहलपुरले भोली विहीबारदेखि संक्रमण भएका, लक्षण देखिएका र स्वास्थ्य अबस्था जटिल भएका बिरामीहरुको उपचारका लागि ८ वेडको आइसीयु सहितको उपचार सेवा सुरु गर्न लागेको छ ।
Discussion about this post