बाँके भदौ ११ गते ।
भेरी अस्पताल नेपालगन्जका थप दुईजना डाक्टरलाई कोरोना पोजेटिभ भएको छ । फिजिसियन डा. रजनी केसी शाह र हार्डजोर्नी बिशेषज्ञ डा. राहुल मिश्रलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
डा. केसीसँगै भेरी अस्पतालका तीनजना फिजिसियनमा कोरोना भाइरस संक्रमण देखिएको हो । त्यस्तै हार्डजोर्नी रोग बिशेषज्ञ डा.राहुल मिश्रलाई पनि तीन दिन अघि उच्च ज्वरो, रुघाखोकी र टाउको दुख्न थालेपछि कोरोना टेस्ट गराउनुभएको थियो । ‘अचानक ज्वरो, रुघाखोकी र टाउको दुख्न थाल्यो उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘हिंजो रिपोर्ट पोजेटिभ आयो ।’
उहाँ अहिले भेरी अस्पतालका आइसोलेसन वार्डमा बस्नुभएको छ । भेरी अस्पतालका चारजना डाक्टरसहित अहिलेसम्म ६ जनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ ।
Discussion about this post