बाँके भदौ ११ गते ।
भेरी अस्पताल नेपालगन्जका थप एकजना चिकित्सकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै भेरी अस्पतालमा पाँचजना चिकित्सकमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
आज थप भएका चिकित्सक स्त्रीरोग बिशेषज्ञ हुन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा चारसयको नमुना परीक्षण गर्दा चिकित्सकसहित ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यसमा बाँकेका ३३ र बर्दियाका २ जना छन् । बाँकेमा संक्रमित थपिनेक्रममा नेपाली सेनाको राझा व्यारेकका ६ जना पनि परेका छन् ।
आज ३३ जना थपिएसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ५३ पुगेको छ ।
Discussion about this post