फाइल फोटो
वीरगन्ज भदौ ११ गते ।
कोरोनाबाट वीरगञ्जमा एक गर्भवती महिलाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत बारा सुर्वण गाउँपालिका–४ हर्दियाकी २३ वर्षीया गर्भवतीको बिहीबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि भदौ ८ गते नारायणी अस्पतालमा ल्याइएको थियो।
ती महिलामा श्वासप्रश्वासमा समेत सम्स्या देखिएपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा बुधबार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियोे। त्यसैगरी वीरगञ्जको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा बिहीबार बिहान वीरगञ्ज महानगरपालिका–१४ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
साउन ३० गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन अस्पताल ल्याइएको थियो।
Discussion about this post