बाँके भदौ १२ गते ।
बाँकेमा आज शुक्रबार थप १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । तिमध्ये ९ जना महिला छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशाला पाँच सय नमुना परीक्षण गरिएकोमा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये ६ जना नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी हुन् ।
उक्त अस्पतालबाट लिइएको स्वाबमध्ये दुईजना विरामी र एकजना विरामीको आफन्तमा पनि भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालबाट लिइएको नमुनामध्ये पाँचजनामा भाइरस संक्रमण देखिएको छ । योसँगै बाँकेमा संक्रमितको संख्या ९ सय ७१ पुगेको छ ।
अहिलेसम्म ६ सय ९३ जना उपचारपछि घर फर्किसकेका छन् भने ६ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लाका विभिन्न आइसोलेसनमा अहिले २ सय ५७ जना बसिरहेका छन् ।
Discussion about this post