बाँके भदौ १३ गते ।
बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व मोहर्रममा आइतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले बताउनुभयो ।
कोभिड(१९ का कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दुरी कायम गरेर भिडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तबले आग्रह गर्नुभएको छ । उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ(आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post