बाँके भदौ १४ गते ।
बाँकेमा १९ महिनाको बच्चालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१० निवासी १९ महिने बालकमा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १० र बर्दियाका दुईजना भाइरस संक्रमित थपिनेक्रममा ती बालक पनि परेका हुन् ।
पछिल्लो २४ घण्टामा ४९० जनामा गरिएको नमुना परीक्षणमा १२ जनामा संक्रमण देखिएको छ । दूरसंचार कार्यालय नेपालगन्जका थप दुईजना कर्मचारीमा भाइरस संक्रमण देखिएको छ । यसअघि उक्त कार्यालयका ८ जनामासंक्रमण देखिएको थियो । नविल बैंकका दुई कर्मचारीमा पनि संक्रमण देखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–६, ९ र १२ मा एकएक जनामा कोरोना पुष्टि भएको छ । जानकी गाउँपालिका–२ का एक र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट लिइएको नमुनामध्ये थप एकजनामा पनि भाइरस पोजेटिभ देखिएको छ । बर्दिया बासगढी–८ र मधुवन नगरपालिका–७ का एक–एकजनामा भाइरस संक्रमण देखिएको छ ।
Discussion about this post