बाँके भदौ १५ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका १ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिनुभएको छ ।कोरोना भाइरस संक्रमणबाट मुक्त भएका रिजालले सोमवार सल्यान शारदा नगररपालिका ६ का २९ बर्षीय पुरुषलाई प्लाज्मा दिनुभएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भाइरस संक्रमणबाट मुक्त भएको १४ दिनपछि रिजालले प्लाज्मा दिनुभएको हो ।कोरोना भाइरस संक्रमणबाट गम्भीर विरामी भएकाहरुलाई प्लाज्मा थेरापी पद्धतीबाट उपचार गर्ने गरिएको छ ।
फोकलपर्सन श्रेष्ठले संक्रमणबाट निको भएकाहरुलाई पनि प्लाज्मा दान गर्न अनुरोध गर्नुभएको छ ।
Discussion about this post