बाँके भदौ १५ गते ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ६६९ नमुना परीक्षण गर्दा सात जना स्वास्थ्यकर्मीसहित ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सातजना स्वास्थ्यकर्मीमा भाइरस संक्रमण देखिएको अस्पतालका उपनिर्देशक डा.दिनेश श्रेष्ठले बताउनुभयो । केही विरामी र उनीहरुका आफन्तमा पनि कोरोना भाइरस संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
सोमवार थप भएका संक्रमितहरुमा कोहलपुर नगरपालिकाका १७, नेपालगन्ज उपमहानगरपालिकाका ८, खजुरा र गाउँपालिकाका ६ छन् ।
Discussion about this post