बाँके भदौ १९ गते ।
बाँकेमा कोरोना संक्रमण मुक्त हुनेको दर बढ्दै गएको छ । कोरोना संक्रमण देखिएपछि आईसोलेशनमा बसेका ब्यक्तिहरु पूर्ण रुपमा स्वस्थ हुँदै घर फर्किन थालेका हुन । सोही क्रममा आज (शुक्रबार) थप २० जना डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
आज डिस्चार्ज हुने २० जना सहित बाँकेबाट हालसम्म डिस्चार्ज हुनेको सँख्या ८०३ पुगेको छ । १४ दिने आईसोलशन बसाई पुरा गरेका ५ महिला र १५ पुरुषलाई आज डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार बाँकेमा हालसम्म २० हजार ७५६ जनाको कोरोना परिक्षण गरिएकोमा १ हजार १३९ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ८०३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भईसकेका छन भने ३३० जनाको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भईरहेको छ । बाँकेमा कोरोना संक्रमणबाट मुत्यु हुनेको सँख्या ६ पुगेको छ । संक्रमण संख्या सङ्गै निको भएर जानेको लर्को पनि बढेको छ।
Discussion about this post