बाँके भदौ २१ गते ।
कोरोना हटस्पट बनेको बाँकेका अधिकांश संक्रमितलाई अहिलेसम्म अस्पतालकै आइसोलेसनमा राखिएको छ। संक्रमितले घरमै आइसोलेसनमा बस्न मापदण्ड पु¥याउन नसक्ने हुनाले अस्पतालहरूमै राखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्। लक्षण भएका संक्रमितलाई अस्पतालका आइसोलेसनमा राखिएको श्रेष्ठले बताए।
उनका अनुसार संक्रमितहरुलाई भेरी अस्पताल, क्यान्सर अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा राखिएको छ। ‘अधिकांश संक्रमितले घरमै मापदण्ड पु¥याएर बस्न सक्दैनन्,’ फोकल पर्सन श्रेष्ठ भन्छन, ‘बेग्लाबेग्लै शौचालय र पकाउने खाने ठाउँको व्यवस्था गर्न पनि मुस्किल छ, संक्रमितलाई सम्झाइ बुझाइ गरेर चिकित्सकको निगरानीमै राखिएको छ।’ स्थानीय संक्रमितहरु एउटै घरमा बसी भान्सादेखि शौचालय एउटै प्रयोग गर्ने भएकोले पनि होम आइसोलेसनमा नराखेको उनको दाबी छ।
होम आइसोलेसनमा राख्दा परिवार र समाजमा बढी जोखिम हुने भएकोले पनि अस्पताल र स्थानीय तहले बनाएको आइसोलेसनमा राखिएको श्रेष्ठले बताए। संक्रमितलाई राख्नको लागि जिल्लामा ६ सय भन्दा बढी आइसोलेसन बेड निर्माण गरिएको छ। केही दिनदेखि जिल्लामा संक्रमण घट्दै गएकोले अहिले भएको आइसोलेसन शय्या पर्याप्त भएको श्रेष्ठ बताउँछन्।
होटललाई होम आइसोलेसन बनाइयो केन्द्र सरकारले लक्षण नभएका संक्रमितलाई स्थानीय तहको निगरानीमा होम आइसोलेसनमा रहन निर्देशन जारी गरेपनि स्थानीय संक्रमितको सामाजिक संरचनाको कारणले होम आइसोलेसनमा राख्न नसकेको नेपालगञ्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरले बताइन्। नगरभित्र रहेका स्थानीय बासिन्दाहरूले एउटै घरमा बस्नुपर्ने समस्याले पनि होम आइसोलेसनमा राख्न नसकिएको र संक्रमितका घरहरू होम आइसोलेसनको मापदण्डअनुसार भएको उनले जानकारी दिइन्।’
आइसोलेसनमा १४ दिन अनिवार्य बस्नुपर्ने हुन्छ, होटलमा बसिरहेका संक्रमितहरु बाहिर हिँडडुल गरेर पुनः बस्न आएको सुनेकी छु,’ उपप्रमुख थापाले भनिन, ‘घरमा १४ दिन नबस्न पनि सक्छन्, समाजमा यताउता हिँडडुल गर्छन्, समुदायमा संक्रमण फैलने बढी त्रास हुन्छ, दैनिक स्वास्थ्यकर्मीको निगरानीमा संक्रमितलाई राखेर उनीहरुको ज्वरो तथा लक्षणको रेकर्ड गरिन्छ।’ सिसिएमसी, जिल्ला जनस्वास्थ्य र स्थानीय तह मिलेर तीनवटा आइसोलेसन सेन्टर बनाएको थापाले जानकारी दिइन्। ‘लक्षण नभएका संक्रमितहरु पैसा तिरेर होटलमा पनि बसिरहेका छन्,’ उनले भनिन, ‘पैसा तिर्न नसक्नेहरु स्थानीय तहले निर्माण गरेको आइसोलेसनमा बस्छन्।’
जिल्ला र नगरले बनाएका आइसोलेसन खाली हुँदै गएको उनले जानकारी दिइन्। लक्षण नभएका संक्रमितहरु पनि निको हुँदै गइरहेको पनि उनले जानकारी दिइन्। नगरपालिकाको क्षमताले भ्याएसम्म र संक्रमितको अवस्था गम्भीर नभएसम्म आइसोलेसनमा राखिने उनको भनाई छ। परीक्षणको दायरा कम सामाजिक संरचना, चालचलन तथा रीतिरिवाज र होम आइसोलेसनमा रहदा बढी मानिसहरुको घुलमिल हुने भएकोले स्थानीय प्रशासनले घरमा नराख्ने निर्णय गरेको हुनसक्ने भेरी अस्पतालका मेसु डा. प्रकाश थापा बताउँछन्।
Discussion about this post