बाँके भदौ २२ गते ।
बर्दियाको बाँसगढी नगरपालिकामा आज सोमवारदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण दर फैलिदै गएपछि बाँसगढीमा एकहप्ताका लागि निषधाज्ञा जारी गरिएको हो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार, सोमवार विहान ६ बजेदेखि लागु हुने गरी भदौ २८ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा जारी भएको छ । औषधि उपचार, खाद्य बस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन सिडिओ अधिकारीले आग्रह गर्नुभएको छ ।
आइतवार बाँसगढीमा रहेको सीजी ग्रुपका ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि बासँगढी नगरपालिकामा निषेधाज्ञा लगाइएको हो । उक्त उद्योग सील गरिएको छ ।
Discussion about this post