बाँके भदौ २२ गते ।
डुडुवा संघर्ष समितिले बाँकेको सिधनियाँ घाट तथा राप्ती पुलको सरसफाई गरेको छ । सामाजिक कार्यमा सक्रियता बढाउँदै समितिले सोमवार बिहान राप्ती नदीस्थित घाट वरिपरि तथा पुलको सरसफाई गरेको हो । नेकपा डुडुवा, जनता समाजवादी पार्टी डुडुवा र संघर्ष समितिको संयुक्त अग्रसरतामा सरसफाई गरिएको डुडुवा–६ का अध्यक्ष एवं समितिका संयोजक मोहनराम मिश्रले जानकारी दिए ।
समितिले नदी छेउमा निर्माण गरिएको स्नान स्थल, चेन्जिङ्ग कोठा तथा मन्दिर वरीपरि रहेको फोहोर र राप्ती पुलमा जम्मा भएको धुलो तथा फोहोरकोे सफाई गरेको छ । राजनीति स्वार्थ नभई समाज हितमा पनि सक्रियता रहने गरी सरसफाई कार्यक्रम गरिएको समितिका प्रेस संयोजक सूर्यलाल यादवले बताए । सिधनिया घाटस्थित स्थान घर, धारा, मन्दिरको संरक्षण तथा रेखदेख नभएका कारण जिर्ण बनेको छ ।
वडा नं. ४ मा पर्ने घाटमा गाउँपालिकाले एक वर्षअघि २०७६ जेष्ठ २१ गते स्नान घरलगायतको संरचना निर्माण गरेको बताइएको छ ।सरसफाई कार्यक्रममा डुडुवा ३ का अध्यक्ष भण्डारीलाल यादव, नेकपाका नेता शकील खाँ, जसपाका नेता, इलाका प्रहरी कार्यालय र स्थानीय युवाको सहभागिता रहेको थियो ।
Discussion about this post