बाँके भदौ २६ गते ।
नेपालगन्जमा धमाधम मापदण्ड बिपरित सडक निर्माण भैरहेका छन् । नियामक निकायबाटै सडक निर्माण भैरहेको छ । पछिल्लो पटक कारकादो चोक देखि बसपार्क जाने सडक मै मापदण्ड बिपरित बनेको घरको कारण सडक साघुरो हुने भएको छ । वरपरका अन्य सर्वसाधारणका घर भत्काएर भएपनि सडक बनाउदै आएको उपमहानगरपालिकाले चण्डी प्रधानको घरनिर पुगेपछि मापदण्ड विपरीत बनेको सो घर नभत्काएरै सडक निर्माण गर्न थालेपछि सर्वसाधारणले चर्को बिरोध गरेका छन् ।
सर्वसाधारणको चर्को विरोधको वास्था नगरी उपमहानगरपालिकाले सडक निर्माण गर्न कडा आदेश दिएको छ । स्काभेटरले सडक मिलाए पछि मजदुरहरुले पेटि बनाइरहेको स्थानीयहरु बताउछन् । एशियाली विकास बैंकको शहरी विकास परियोजना अन्तर्गत सडक निर्माण गर्दा अन्य अधिकांस स्थानीयका मापदण्ड बिपरितका घर र पर्खाल भत्काए पनि सो घरलाई केही गरिएको थिएन ।
मापदण्ड अनुसार घरधनीले घर भत्काउन नमानेपछि एडिबीले बाईपासरोडको मुखको कालोपत्रे गरेको थिएन । दुई वर्ष देखि विवाद यथावत थियो । तर शुक्रवार निषेधाज्ञाकै बीच उपमहानगरपालिकाले मापदण्ड बिपरितको सटरलाई केही नचलाई सडकका अन्य पूर्वाधार बनाउन शुरु गरेपछि विवाद चर्किएको हो । काम शुरु भए लगत्तै आफ्नो घर र पर्खाल भत्काएर सडक निर्माणका लागि सहज वातावारण गराइदिएका स्थानीयहरु गर्जिएका हुन् ।
स्थानीयले पहुँचका आधारमा जनप्रतिनिधिबीचको मिलोमतोमा नाली समेत गायब पार्ने गरी काम गरिएको भन्दै मेयर धवल शम्सेर राणाको चर्को बिरोध गरेका छन् ।
Discussion about this post