बाँके भदौ २९ गते ।
बाँके प्रहरीले ठूलो परिमाणमा लागु औषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका २४ बर्षका बसन्त घर्ति र अर्का रुकुम पूर्वका ५३ बर्षका धनबहादुर सेन रहेका छन् । उनीहरुको साथबाट दस किलो लागुऔषध अफिम बरामद गरिएको एसपी ओम रानाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालयका इनचार्ज हरि बस्नेत नेतृत्वको टोलीले उनीहरुलाई बाँकेको कुसुमबाट पक्राउ गरेको हो । उनीहरु लामो समयदेखि लागुऔषध कारोवारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको एसपी रानाले बताउनुभयो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरेर कारवाही प्रक्रिया सुरु गरेको जनाएको छ ।
पहाडी जिल्लामा उत्पादन हुने अफिमको कारोवारको केन्द्र नेपालगन्ज हुँदै भारतीय बजारसम्म हुने गरेको छ ।
Discussion about this post