कृष्णा यादब
वीरगञ्ज भदौ २९ गते ।
पर्सा जिल्लांमा पर्ने नेपाल – भारत सिमानाकामा रहेको जंगे पिल्लरहरुको सशस्त्र प्रहरी सिमा सुरक्षाबल भिखमपुरले स्तम्भहरुको अनुगमन समपन्न गरेको छ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल भिखमपुरले नेपाल – भारत संग जोडिएको १८ किलोमिटर पर्ने सिमानाकामा रहेको पिल्लर नम्वर ४१६/६ देखि ४२४/१३ सम्म दिन खट्टि ४ दिनमे अनुगमन सकिएको सशस्त्र प्रहरी निरीक्षक किशमान तमाङले बताउनुभयो।
सशस्त्र प्रहरीले सशस्त्र प्रहरी निरीक्षक तामाङ्गको नितृत्वमा १० जना टोलीले गरेको अनुगमनमा खरको घारी,खेतको आली र खोला पानीले गर्दा बाटोमा धेरै कठिनाई भएको थियो ।त्यसतै सबै जंगे पिल्लरहरु सिमा स्तम्भ सुरक्षित रहेको सशस्त्र प्रहरीले जनाएको छ।
नेपालको धोवनी गापा वडा नं १ घोडदौड देखि जगरनाथपुर गापा को वडा नं १ पिपराडी सम्म
भारत तर्फ पश्चिम चम्पारण जिल्ला बेतिया ग्राम पन्चायत बसन्तपुर,सेमरबार्वि,खमिया,ईनरवा,नगरदेही,भागाहा सिमानाकाहरु अनुगमन गरेको सशस्त्र प्रहरी बल भिखमपुर प्रमुख सशस्त्र प्रहरी निरीक्षक किशमान तामाङले बताउनुभयो।
Discussion about this post