खोजखबर संवाददाता
विरगञ्ज भदौ १८ गते । वीरगञ्जमा प्रहरीले गोली प्रहार गरी एक युवालाई नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रहरी नायब उपरिक्षक गौतम थापाले बताएका छन् । थापाका अनुसार दासको साथबाट प्रहरीले एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद गरेको छ। मंगलबार राती वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको गौतमले बताए ।
उनलाई दाहिने घुँडामा गोली लागेको छ । हाल उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानमा दास पहिलेदेखि नै आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post