बाँके असोज १ गते ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ११ सय नाघेको छ । विहीबार थप ४४ जना डिस्चार्ज भएसँगै संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार १ सय ३२ पुगेको छ । यो हिसावले हेर्दा बाँकेमा निको हुने दर ७३.२२ प्रतिशत रहेको छ । संक्रमणको फैलावट दर भने ०.२६ प्रतिशत रहेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार संक्रमण भएर निको हुने दरपनि जिल्लामा उच्च देखिएको छ । खासगरी पछिल्ला दिनमा ग्रामीण क्षेत्रमा भन्दापनि सहरी क्षेत्रमा भाइरस संक्रमणको जोखिम बढी देखिएका छन् । संक्रमित थपिने पनि सहरी क्षेत्रकै रहेका छन् ।
जिल्लामा अहिलेसम्म संक्रमितको संख्या १ हजार ५ सय ४६ पुगेको छ ।
Discussion about this post