बाँके असोज १ गते ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ बर्षीय संक्रमित पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या भएपछि ती पुरुष गएको २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको ३० गते कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो । ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै उनलाई त्यसैदिन राती पौने १२ बजे भेरी अस्पतालमा रहेको कोभिड विशेष आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो ।
गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा विहीबार सवा पाँचबजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको दुवैतिरको फोक्सोमा निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
Discussion about this post