बाँके असोज ३ गते ।
संबिधान दिवसका अवसरमा सरकारले बाँकेका दुईजना स्वास्थ्यकर्मीलाई पदक दिएको छ । भेरी अस्पताल नेपालगन्जका मेसु डा प्रकाश थापा र स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई प्रवल जनसेवा श्री पदकबाट विभूषित गरिएकोे हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेहरुको नाम घोषणा गर्दा बाँकेका डा थापा र स्वास्थ्यका श्रेष्ठ पनि पर्नुभएको हो ।बाँकेमा कोरोना महामारी रोकथाम, नियन्त्रण र निदानमा डा।थापा र जनस्वास्थ्य अधिकृत श्रेष्ठले प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
उहाँहरुकै कमाण्डमा अहिले जिल्लामा भाइरस नियन्त्रणका लागि कामहरु भइरहेका छन् । उहाँहरु अहरोत्रा खटिएर काम गर्दै आउनुभएको छ ।
Discussion about this post