पोखरा असोज ३ गते ।
अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ। यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा पाँच घर परिवार विचल्लीमा परेका छन् ।मानविय क्षति नभएपनि परिवार घरबार बिहीन भएका छन ।
सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा एक्कासी ठूलो भ्वाङ परेको स्थानीयले बताएका छन् । मङ्गलवार बिहानभुवाङको आकार बढेपछि घर छाड्नुपरेको पीडित राधिका विकले बताइन। घर क्षति भएपनि ज्यान जोगाउन सकि एको उनको भनाई छ ।
स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उनले बताइन । पोखरा २२ का वडा सदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयहरुको सहयोगका लागि महानगरपालिकासँग समन्वय भइरहेको बताएका छन । वडाबाट तत्काल अस्थायी रुपमा सेल्टर निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उनले बताए ।
प्राकृतिक विपतीले वर्षेनी हुने क्षतिले त्यहाँका स्थानीय त्रासमा बस्न बाध्य छन् ।
Discussion about this post