फाइल फोटो
बाँके असोज ५ गते ।
बाँकेमा रहेका विभिन्न आइसोलेसन सेन्टरबाट आज ६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।कोरोना संक्रमण भई भदौ २२ गते भर्ना भएर आईसोलेसनमा १४ दिन बिताएका ६ जना डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।
आज डिस्चार्ज भएका समेतगरी बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या १ हजार २ सय ५० पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय ९९ छन् जसमध्ये चार महिला र सात पुरुष गरी ११ जनाको ज्यान गइसकेको छ ।अहिले जिल्लाका विभिन्न आइसोलेसनमा ३ सय ३९ जना रहेका छन् ।
Discussion about this post