बाँके असोज ५ गते ।
३९ औं अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरिएको छ । सँगै मिलेर शान्तिलाई साकार पारौं भन्ने नाराका साथ यस वर्ष पनि दिवस मनाइएको छ । विश्व शान्तिको उदेश्यले हरेक बर्ष यो दिवस विश्वभर मनाईने गरिन्छ ।
द्धन्द्धपीडित तथा एकल महिला सञ्जाल बाँकेको संयोजनमा सोमबार साँझपख न्यूरोडस्थित शानित स्मारकमा दिप प्रज्वलन गरिएको हो । स्मारकमा शान्तिको प्रतिक परेवा अंकीत चीत्र बनाएर दिप प्रज्वलन गरिएको थियो । सशस्त्र द्धन्द्ध, मधेश आन्दोलन, थरुहट आन्दोलनमा बाँकेमा मारिएका, वेपत्ता पारिएका र शहीद भएकाहरुको सम्झनामा स्वरुप उहाँको नाम अंकीत गरिएको छ ।
द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष जयन्ती केसी, संस्थापक अध्यक्ष शोभा बीसी, द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँकेका पुर्ब अध्यक्ष एय खजुरा गाउपालिका उपाध्यक्ष एकमाया बिक, नेपालगञ्ज उपमहानगरपालिका वडा न १० की वडा सदस्य एवं द्धन्द्धपीडित अगुवा वसन्ता जोशी लगायतको उपस्थिती रहेको थियो ।
कोरोना संक्रमणको विषम परिस्थितीलाई मध्यनजर गर्दै अन्य कार्यक्रम भने गरिएको थिएन ।ं विशेष गरि १२ बर्षे शसस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत शुरुवातको खुसियालीमा नेपालमा शान्ति दिवसलाई लिने गरिन्छ ।
Discussion about this post