फाइल फोटो
बाँके असोज ६ गते ।
बाँके जिल्लाबाट आज (मंगलबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका १४ जना निको भइ डिस्चार्ज हुँदै छन् ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार २६४ पुगेको छ ।
बाँकेमा हालसम्म एक हजार ६६२ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये ११ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३९२ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।
बाँकेमा बिरामी निको हुने दर ७६.०५ प्रतिशत, मृत्यु दर ०.६० प्रतिशत र रोगको प्रकोप दर ०.२८ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।
Discussion about this post