बाँके असोज ७ गते ।
बाँकेमा बुधवार थप ७३ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमित भएर जिल्लाका विभिन्न आइसोलेसनमा बसेका उनीहरु निको भएर डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार ३ सय ३७ पुगेको छ ।
अव जिल्लाका विभिन्न आइसोलेसन तथा होमआइसोलेसनमा ३ सय २६ जना वसिरहेका छन् । जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय ७४ पुग्दा संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । बाँकेमा विरामीको निको हुने दर ७९.८७ प्रतिशत रहेको छ ।
Discussion about this post