बाँके असोज ७ गते ।
बर्दियाका कोरोना संक्रमीत अर्का पुरुषको पनि मृत्यु भएको छ । बारबर्दिया नगरपालिका ( ३ बनियाभारका ३९ बर्षका संक्रमीत पुरुषको आज बिहीवार बिहान १०ः३० बजे भेरी अस्पतालको कोभिड आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि ती पुरुष २९ गते अस्पताल भर्ना भका थिए । कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको पीसीआर परिक्षण गर्दा ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । उनको दुबै फोक्सोमा निमोनियाको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।
यो संगै बर्दियामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
Discussion about this post