बाँके असोज ८ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक कुमार बर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष बर्माले सामाजिक सञ्जालमा आफुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।
उहाँले उच्च सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमित भएको उल्लेख गर्दै १४ दिन पछि पुनः जनताको सेवामा फर्किने प्रतिबद्धता गर्नुभयो ।
अध्यक्ष बर्मा अहिले सिटी प्यालेसको आइसोलेसनमा बस्नु भएको छ । लकडाउनको शुरुवातदेखि नै वडा अध्यक्ष बर्मा राहत संकलन र वितरणमा सक्रिय भएर खटिनु भएको थियो ।
बाँकेमा पछिल्लो २४ घण्टामा ३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, १४ जना महिलासहित ३९ जना संक्रमित थपिएका हुन् । योसँगै बाँकेमा ३७४ जना सक्रिय संक्रमित पुगेका छन् ।
बाँकेमा संक्रमित संख्या एक हजार ७४१ जना पुगेकोमा एक हजार ३५६ जना निको भइ घर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
Discussion about this post