बाँके असोज ९ गते ।
बाँकेमा बिहिबार राती थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार राती बाँकेका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बिहिबार राती आएको कोरोना परिक्षणको नतिजामा ५ महिला र ५ पुरुष गरी नेपालगन्जका ७ र कोहलपुरका ३ संक्रमित थपिएका हुन । यसअघि बिहिवार एकैदिन बेलुकासम्म बाँकेका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा पटक पटक गरी बाँकेका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
राती थपिएका ९ संक्रमितसङ्गै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ७ सय ५० पुगेको छ । त्यसैगरी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार राती नै आएको नतिजामा हुम्लाका एक पुरुष र बर्दियाका एक महिलामा समेत कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।
Discussion about this post