बाँके असोज ९ गते ।
शुक्रवार बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको ल्यावमा गरिएको परिक्षणमा ३ महिला र ७ पुरुष गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहित नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका ८ तथा जानकी र खजुरा गाँउपालिकाका एकएक जना रहेका छन । योसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या १ हजार ७ सय ६० पुगेको छ ।
Discussion about this post