काठमाडौं असोज ११ गते ।
बला त्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै दुई विद्यार्थीले प्रदर्शन गरेका थिए । उनीहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीलाइ फाँसीको सजाय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । केही दिन अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीकोे बलात्कारपछि हत्या गरिएको थियो ।
सोही घटनाका बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै विद्यार्थीहरु पूजा कँडेल र दीपा जैसीले प्रदर्शन् गरेका थिए। उनीहरुले ‘सरकार बलात्कारीलाई फाँसी दे’, ‘मलाई माया गर बलात्कार होइन’ लगायतका ब्यानर सहित प्रदर्शन गरेका थिए ।
काठमाडौंको माइतीघर मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच पूजा कँडेल र दीपा जैसीले विरोध प्रदर्शन गरेका थिए। बजाङमा भएको १२ वर्षीया बालिकाको हत्याको निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा गरेको उनीहरूले बताए । उनीहरूले टाउकोमा कालो पट्टी र अनुहारमा रङ दलेर विरोध जनाएका छन् ।
Discussion about this post