बाँके असोज ११ गते ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराउदै आएका नेपालगन्ज वडा नम्बर ९ बाँके गाउँका ४७ वार्षिय कोरोना संक्रमण पुष्टि भएका पुरुषको मृत्यु भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितीका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको आज बिहान ५ बजे मृत्युु भएको हो ।
मृतकमा भदौ ३१ गते कोरोना पोजेटिभ प्रमाणित भएको थियो भने उनलाई ३१ गते साझ नै अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार उनमा सबै किसिमको उपचार पद्धति अपनाएको र प्लाजमा थेरापि पनि दिईएको थियो । उनमा मधुमेहको समस्या, दुबै तिरको फोक्सोमा निमोनिया समेत थियो ।
Discussion about this post