एजेन्सी काठमाडौं असोज १४ गते ।
प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टरालाई कोरोना भाईरसको संक्रमण देखिएको छ। लिभरपुलले मिडफिल्डर थियागोलाई कोरोना पोजेटिभ भएको जनाएको छ। कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेको क्लबले जनाएको छ। कोरोना पोजेटिभ देखिएपनि थियागोलाई कोरोनाको कुनै लक्षण नभएको बताईएको छ।
स्पेनिस मिडफिल्डर थियागो यसै समरमा लिभरपुल आएका हुन्।जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका सेन्टर मिडफिल्डरले क्लबसँग ४ वर्षको सम्झौता गरेका छन्। थियागो २०२४ सम्म लिभरपुलमा हुनेछन्। २९ वर्षीय थियागोले गत साता चेल्सीमाथि २(० को जित निकाल्दा डेब्यु गरेका थिए।
Discussion about this post