बाँके असोज १४ गते ।
जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १७ महिलासहित ३४ जना निको भई घर फर्किने भएका छन् । भाद्र ३१ गते कोरोना संक्रमित देखिएका उनीहरु आज बुधबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
हालसम्म बाँके जिल्लामा १ हजार ८ सय ८७ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ५ सय ४१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ३१ जना रहेको फोकलपर्सन श्रेष्ठले बताए । उनले बाँकेमा बिरामी निको हुने प्रतिशत ८१.६६ रहेको छ भने बिरामी मृत्यु दर ०.७९ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३१ प्रतिशत मात्र रहेको बताए । यसअघि ४ महिलासहित १५ जनाको मृत्यु भईसकेको समेत बताए। ।
Discussion about this post