बाँके असोज १४ गते ।
रुपैडिया बजार यतीबेला ठेलमठेल भीड हुनु पर्ने हो । नेपालीहरुका महत्वपूर्ण चाडपर्व भित्रिएसँगै नेपालगन्जसँग सीमा जोडिएको भारतीय यो बजार चलायमान हुन्थ्यो ।
तर अहिले छैन् । कोरोना महामारीका कारण सरकारले नाका सील गरेपछि दैनिक पाँच करोडबढी कारोवार हुने रुपैडिया बजार सुनसान भएको छ । दैनिक रुपमा खाद्यान्न, लत्ताकपडा, मेसिनरी औजार, औसधि देखि हरेक सानातिना सामाग्री खरिदमा समेत बाँके,बर्दिया, सुर्खेत र दाङ समेतका नागरिकहरू सिमावर्ती बजार पिग्ने रुपईडिहाको दैनिक ५ करोड बढीको ब्यापार नेपालीहरुबाट नै हुने गर्दै आएको जानकार बताउछन् ।
कोरोना कहर र त्यसपछि गरिएको लकडाउन र सिमानाका सिल भए संगै भारतिय सिमावर्ती बजार रुपईडिहा सुनसान बनेको छ , जसको कारण त्यहाका केही ब्यापारीहरु बिस्तावित समेत भएको जनाइएको छ । लकडाउन र सिमानाका सिल हुँदा नेपालि बजार नेपालगन्जलाई भने फाइदा भएको छ ।
दैनिक करोडौं रुपैयाँको कारोबार सिमावर्ती बजारमा हुँदा नेपालगन्ज बजार भने सुनसान हुने गरेकोमा अहिले भने नेपालगन्ज बजारमा राम्रो कारोबार हुँदै आएको ब्यापारीहरु बताउछन् । नेपालगन्ज घरवारीटोलमा कपड़ाको व्यापार गर्दै आएका दिपक खरेलका अनुसार पहिलेको तुलनामा नेपालगन्जको व्यापार धेरै राम्रो छ । हामी नेपालगन्जका ब्यापारीको लागि त सिमानाका सधै भरी नै बन्द भए राम्रो हुन्छ । पहिले व्यापार थिएन अहिले कोरोना कहरमै भए पनि व्यापार राम्रो छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post