बाँके असोज १४ गते।
राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ । यसअघि कार्तिक २ र ३ गते यो कार्यक्रम तय गरिएको थियो । परिवार कल्याण महाशाखाका निर्देशक डा. भीनसिन तिंकरीले मंसिर ११ र १२ गते भिटामित ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए ।
उनले भने, नियमित कार्यक्रम अन्र्तगत हरेक वर्ष वैशाख र कार्तिकमा भिटामिन ए खुवाउने कार्यक्रम हो तर कोरोना महामारीका कारण वैशाखमा हुन नसकेकोपछि एक महिना ढिला भयो । ६ महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको हो ।’
देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने छ । महाशाखाका अनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post