बाँके असोज १५ गते ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विहीबार उपचाररत् कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ का ५२ बर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका ८ का ७५ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज ४ का ५२ बर्षीय पुरुषले असोज १० गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । १२ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
उनलाई त्यसैदिन कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनलाई रेमडिसिभिर औषधि समेत दिइएको थियो । उनको विहीबार विहान साढे सात बजे मृत्यु भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिनुभयो । मृतकको दुवै फोक्सोमा निमोनिया भएको थियो । त्यस्तै लडेर घाइते भएपछि उपचारका लागि अस्पताल ल्याइएकी सुर्खेत भेरीगंगा नगरपालिकाकी महिलालाई कोरोना संक्रमण देखिएको थियो ।
असोज ६ गते अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण गर्दा ८ गते रिर्पोट पोजेटिभ आएको थियो । तत्काल उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारकै क्रममा विहान १ बजे मृत्यु भएको हो । उनी दम र मृगौला रोगबाट पीडित थिइन् । उनको असोज १२ गते मृगौलाको डाइलासिस समेत गरिएको थियो ।
Discussion about this post