खोजखबर संवाददाता
बाँके असार ९ गते । बाँकेको सुरक्षा अधिकारीहरु आज विहान बाँकेको नरैंनापुरमा बर्षापछिको अवस्थाको स्थलगत जानकारीका लागि नेपालगञ्जबाट गाडीमा प्रस्थान गर्नुभयोे । हुलाकी सडकमा आवागमन गनृ कठिनाई भएपछि सोमबार सदरमुकाम नेपालगञ्जबाट पुगेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरीक्षक अरुण पौडेल लगायतका सुरक्षा अधिकारीहरु चढेको गाडी बीच बाटोमै रोकिनुपरेको थियो । नरैनापुरको भगवानपुर भन्दा अगाडी गाडी बढ्न नसकेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । त्यसपछि प्रजिअ सहित सबैजना मोटरसाईकलमा नरैनापुर गाउँपालिका पुगेर भारतीय बाटो हुँदै कटकुईयाको प्रभावित क्षेत्रमा पुग्नुभयो ।
सुरक्षा अधिकारीहरुको टोली करिब २० किलोमिटर मोटरसाईकलमा यात्रा गरी कटकुइया पुगेको हो । आईतबार बर्षाको पानी घरभित्र पसेर प्रभावित भएपछि सोमबार घाम लागेपछि अवस्था सामान्य देखिएको टोलीले जनाएको छ । उनीहरुको साथमा गाउँपालिकाका अध्यष इस्तिायक अहमद शाह समेत रहनुभएको थियो ।
Discussion about this post