बाँके असोज १५ गते ।
भेरी अस्पताल नेपालगन्जमा एकजना बरिष्ठ चिकित्सकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । भेरीको कोभिड आइसोलेसन वार्डमा उपचाररत् उनको आज दिउँसो मृत्यु भएको अस्पतालका मेसु डा.प्रकाश थापाले पुष्टि गर्नुभएको छ ।
हाल उनी प्रादेशीक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । उनलाई सुर्खेतमै भाइरस संक्रमण भएको थियो । सुरुमा उनलाई त्यही उपचार गरिएको थियो । तर अवस्था सुधार नभएपछि असोज २ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडिसिभिर औषधिसँगै उनलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो ।
Discussion about this post