बाँके असोज १६ गते ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत् कोरोना भाइरस संक्रमित युवतीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ९ बाँकेगाउँ बस्ने २५ बर्षीया युवतीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
धनगढी उपमहानगरपालिका-२ स्थायी घर भएकी ती युवती नेपालगन्जमा बस्दै आएकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनले भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिइएकी थिइन् । ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् ।
उनलाई रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । उनको शुक्रबार पौने पाँच मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
Discussion about this post